Kathmandu Press

चन्द्रागिरिमा एमालेको अग्रता

काठमाडाैं, बैशाख ३१ : काठमाडौँको चन्द्रागिरि नगरपालिकामा नेकपा (एमाले)ले अग्रता लिएको छ। स्थानीय तहको वैशाख ३० मा सम्पन्न मतदानको आज दुई हजार ५००...
चन्द्रागिरिमा एमालेको अग्रता

काठमाडाैं, बैशाख ३१ : काठमाडौँको चन्द्रागिरि नगरपालिकामा नेकपा (एमाले)ले अग्रता लिएको छ। स्थानीय तहको वैशाख ३० मा सम्पन्न मतदानको आज दुई हजार ५०० मत गणना हुँदा नेकपा (एमाले)का उम्मेदवार उत्तमबहादुर राउतले ९४० मतका साथ अग्रता लिएका हुन।

उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार घनश्याम गिरीले ८२९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत सिर्जना थपलियाले जानकारी दिए। यस्तै, उपप्रमुखमा पनि नेकपा (एमाले)कै उम्मेदवार बसन्ती श्रेष्ठले ९६५ मत प्राप्त गरेकाे छ भने गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार रोशन दानीले १४८ मत प्राप्त गरेका छन्।

कूल १५ वडा रहेको चन्द्रागिरिमा अहिले वडा नं १ र २ को मतगणना भइरहेको छ। कूल ४७ हजार २६४ मतदाता रहेको उक्त वडामा ३६ हजारभन्दा बढी मत खसेको निर्वाचन अधिकृत थपलियाले बताए।

प्रकाशित मिति: १८:२८ बजे, शनिबार, वैशाख ३१, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्