Kathmandu Press

धादिङमा मतगणना, गल्छीको विवरण आउन सुरु

धादिङ, बैशाख ३० : धादिङमा गजुरी बाहेक सबै पालिकामा मतगणना सुरु भएको छ। नेकपा (एमाले) र गठबन्धनबीच प्रतिस्पर्दा रहेको स्थिानीय तह निर्वाचनमा उत्साहपूर्वक...
धादिङमा मतगणना, गल्छीको विवरण आउन सुरु

धादिङ, बैशाख ३१ : धादिङमा गजुरी बाहेक सबै पालिकामा मतगणना सुरु भएको छ। नेकपा (एमाले) र गठबन्धनबीच प्रतिस्पर्दा रहेको स्थिानीय तह निर्वाचनमा उत्साहपूर्वक मतदान गरेका थिए। धादिङको धुनिबेसी नगरपालिका र निलकण्ठ नगरपालिकामा दिउँसोदेखि मतगणना सुरु भएको छ। सबै पालिकामा मतगणना वडा नम्बर १ बाट सुरु गरिएको निर्वाचन अधिकृतले जानकारी दिए।

गल्छीमा राति २ बजेदेखि मतगणना सुरु भएको हो भने थाक्रे, नेत्रावती डबजोङ, सिद्धलेक, खनियाबास, रुबीभ्याली, गंगाजमुना, त्रिपुरासुन्दरी, बेनिघाटरोराङ, ज्वालामूखीमा मतगणना सुरु भएको छ। सबै पालिकाको वडा नम्बर १ बाट मतगणना सुरु भएको छ। मतगणना स्तलमा सिसि क्यामरा जडान गरेर निर्वाचन आयोगले निगरानी गरेको छ भने मतगणनास्थलमा तारजालीले बारेर सुरक्षित गरिएको मूख्य निर्वचन अधिकृत रमेश ज्ञावालीले जानकारी दिए।

Hardik ivf

मतगणना स्तलमा उम्मेदवार प्रतिनिधिको सहभागिता रहेको छ। मतगणनास्थलमा जाने गणक, तथा प्रतिनिधलाई मोबाइल तथा क्यामरा लानसमेत निषेध गरिएको छ। मतगणनाको प्रारम्भीक नतिजन आउन थालेको छ। यता गल्छीको परिणाम आउन थालेको छ।

गल्छी गाउँपालिका–१ मा शनिबार बिहानदेखि सुरु भएको छ। पछिल्लो विवरणअनुसार गल्छी गाउँपालिका–१ मा एक हजार ५०० मत गणना गर्दा गाउँपालिका अध्यक्षमा सूर्य चिह्नका केदार खतिवडाले ८७६ मत पाएको छ भने नेकपा (समाजवादी)का कृष्णहरि श्रेष्ठले ५२३ मत पाएका छन।

यसैगरी उपाध्यक्षमा रुख चिह्नका नेपाली कांग्रेसका भाइकाजी तिवारीले ७२७ मत पाएकाे छ भने नेकपा (एमाले)का राधा तिमल्सीनाले ६६६ मत पाएका छन। वडा नम्बर १ को वडा अध्यक्षमा सूर्य चिह्नका यदुकुमार खतिवडाले ७४२ मत पाएका छ भने कलम चिह्नका माधव खतिवडाले ६६३ मत पाएको गल्छीस्थित निर्वाचन कार्यालयले सार्वजनिक गरेको छ। नेपाली कांग्रेस र नेकपा (समाजबादी) गठबन्धन बनाएर चुनाव उठेको छ।

प्रकाशित मिति: १८:१८ बजे, शनिबार, वैशाख ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्