Kathmandu Press

तारकेश्वर नगरपालिकामा कांग्रेसको अग्रता

काठमाडाैं, बैशाख ३० : काठमाडौँको तारकेश्वर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएको छ। स्थानीय तहको वैशाख ३० गते सम्पन्न मतदानको आज तीन हजार...
तारकेश्वर नगरपालिकामा कांग्रेसको अग्रता

काठमाडाैं, बैशाख ३१ : काठमाडौँको तारकेश्वर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएको छ। स्थानीय तहको वैशाख ३० गते सम्पन्न मतदानको आज तीन हजार ८७२ मत गणना हुँदा कांग्रेसका उम्मेदवार कृष्णहरि महर्जनले एक हजार ६३८ मतका साथ अग्रता लिएका छन।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार रामेश्वर बोहोराले एक हजार ३५१ मत प्राप्त गर्नुभएको सो नगरपालिकाका निर्वाचन अधिकृत चपला पोखरेलले जानकारी दिए।

यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना बुर्लाकोटीले एक हजार ५५७ र नेकपा (एमाले)की उम्मेदवार भवानी डोटेलले एक हजार ३६२ मत प्राप्त गरेका छन। कुल ११ वडा रहेको तारकेश्वर नगरपालिकामा ३५ हजार ८२ मतदाता रहेकोमा २६ हजार ७०२ मत खसेको थियो।

प्रकाशित मिति: १८:१२ बजे, शनिबार, वैशाख ३१, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्