Kathmandu Press

देशभर स्थानीय निर्वाचनको मतगणना जारी

काठमाडाैं, वैशाख ३१ : स्थानीय तहको निर्वाचनको देशभर मतगणना भइरहेको छ।मतगणनाका क्रममा केहि स्थानको नजिता समेत आइसकेको छ भने अधिकांश स्थानमा मतगणना भइरहेको...
देशभर स्थानीय निर्वाचनको मतगणना जारी

काठमाडाैं, वैशाख ३१ : स्थानीय तहको निर्वाचनको देशभर मतगणना भइरहेको छ।

मतगणनाका क्रममा केहि स्थानको नजिता समेत आइसकेको छ भने अधिकांश स्थानमा मतगणना भइरहेको निर्वाचन आयोगले जनाएको छ।

Hardik ivf

मतगणना स्थलहरुलाई सुरक्षित बनाउन ठुलो संख्यामा सुरक्षाकर्मीहरु तैनाथ गरिएको छ। शुक्रबार देशभरका कूल १० हजार ७५६ मतदानस्थलमा रहेका २१ हजार ९५५ मतदान केन्द्रमा मतदान भएको थियो।

निर्वाचनबाट ७५३ स्थानीय तहका प्रमुख/उपप्रमख, अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष, दलित महिला सदस्य, महिला सदस्य र खुला वडासदस्य गरी कूल ३५ हजार २२१ निर्वाचित हुनेछन्।

यसअन्तर्गत छ महानगरपालिका, ११ उपमहानगरपालिका र २७६ नगरपालिकामा गरी २९३ प्रमुख र उपप्रमुख, ४६० गाउँपालिकामा एक/एक  अध्यक्ष र उपाध्यक्ष, छ हजार ७४३ वडामा वडाध्यक्ष, सोही सङ्ख्यामा महिला र दलित महिला सदस्य तथा १३ हजार ४८६ खुला वडा सदस्य निर्वाचित हुनेछन्।

प्रकाशित मिति: १७:३७ बजे, शनिबार, वैशाख ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्