थप २ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडाैं, वैशाख ३१ : नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको १ हजार १ सय २७ पिसिआर परिक्षणका क्रममा २...
काठमाडाैं, वैशाख ३१ : नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको १ हजार १ सय २७ पिसिआर परिक्षणका क्रममा २ जनामा कोरोना पुष्टि भएको हो। १ सय २७ एन्टीजेन परिक्षणका क्रममा भने कसैमा पनि कोरोना नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु भएको छैन। त्यस्तै थप १६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ८ सय ८९ संक्रमित निको भएका छन्।
हाल नेपालमा १ सय ५० सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १७:२८ बजे, शनिबार, वैशाख ३१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












