Kathmandu Press

नेपालगन्ज उपमहानगरमा कांग्रेसको अग्रता

बाँके, वैशाख ३१ : स्थानीय तह निर्वाचनअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारले प्रारम्भिक अग्रता लिएका छन्। नेपालगन्ज उपमहानगरपालिका–२३ मा १९८ मतगणना हुँदा नेपाली कांग्रेसबाट नगरप्रमुखका...
नेपालगन्ज उपमहानगरमा कांग्रेसको अग्रता

बाँके, वैशाख ३१ : स्थानीय तह निर्वाचनअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारले प्रारम्भिक अग्रता लिएका छन्। 

नेपालगन्ज उपमहानगरपालिका–२३ मा १९८ मतगणना हुँदा नेपाली कांग्रेसबाट नगरप्रमुखका उम्मेदवार प्रशान्त विष्टले ७९ मत प्राप्त गरी अग्रता लिएका छन्।

नेकपा एमालेका पशुपति दयाल मिश्रले २६ र राप्रपाका नन्दलाल वैश्यले ५ मत प्राप्त गरेका छन्।

नगर उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा) का कमरुद्दिन राईले ६८, एमालेका शान्ति ढकालले २६ र राप्रपाकी विन्दु चर्तीमगरले ७ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिए। 

बाँकेको बैजनाथ र नरैनापुर गाउँपालिकामा कांग्रेस, खजुरा गाउँपालिका र राप्ती सोनारीमा एमाले र कोहलपुर नगरपालिकामा नेकपा (माओवादी केन्द्र) ले अग्रता लिएको जनाइएको छ । 

प्रकाशित मिति: १७:२० बजे, शनिबार, वैशाख ३१, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्