Kathmandu Press

झापाका पन्ध्रै पालिकामा मतगणना सुरु

झापा, वैशाख ३१ : जिल्लाका १५ वटै पालिकामा मतगणना गर्न थालिएकोे छ। शिवतासाक्षी, अर्जुनधारा र मेचीनगरपालिकाले मध्यान्हपछि मतगणना सुरु गरेका हुन्  भने अधिकांश...
झापाका पन्ध्रै पालिकामा मतगणना सुरु
Hardik ivf

झापा, वैशाख ३१ : जिल्लाका १५ वटै पालिकामा मतगणना गर्न थालिएकोे छ। शिवतासाक्षी, अर्जुनधारा र मेचीनगरपालिकाले मध्यान्हपछि मतगणना सुरु गरेका हुन्  भने अधिकांश पालिकाले शनिबार रातिदेखि नै मतगणना सुरु गरेको मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले बताए। 

उनका अनुसार कतिपय स्थानमा सर्वदलीय बैठक बस्न ढिला भएका कारण मतगणना ढिलो भएको हो। मतगणना सुरु भएका स्थानमध्ये दमक, शिवसताक्षी, बिर्तामोड नगरपालिकामा नेकपा एमाले अगाडि रहेको छ भने बुद्धशान्ति, गौरीगञ्ज, बाह्रदशी गाउँपालिका र भद्रपुर नगरपालिकामा नेपाली कांग्रेसले अगाडि रहेको छ। 

यसैगरी हल्दिबारी गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी र कनकाई नगरपालिकामा स्वतन्त्र उम्मेदवार शेरबहादुर थापाको अग्रता रहेको छ। जिल्लामा ६ लाख ४६ हजार २३४ मतदातामध्ये ४ लाख ५५ हजार ४७६ मतदाताले मात्र मतदान गरेको मुख्य निर्वाचन अधिकृत गौतमको भनाइ थियो। उनले जिल्लामा ७० दशमलव ४८ मत खसेको जानकारी दिए। 

प्रकाशित मिति: १४:४४ बजे, शनिबार, वैशाख ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्