मकवानपुरको मकवानपुरगढीमा मतगणना स्थगित

हेटौंडा, वैशाख ३१ : मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा मतगणना स्थगित भएको छ।
सर्वदलीय बैठकमा गाउँपालिकाका कर्मचारी युवराज पौडेललाई मतगणनामा सहभागी नगराउने सहमति भए पनि उनलाई मतगणनामा चेकजाँच नगरी भित्र पठाइएको भन्दै विरोध भएपछि मतगणना स्थगित भएको हो।
अहिलेसम्म भएको मतगणनाअनुसार सो गाउँपालिकामा वडा नम्बर १ र ८ मा गठबन्धनमा उम्मेदवार अगाडि देखिएका छ भने गठबन्धनलाई एमालेले पछ्याएको छ ।
प्रकाशित मिति: १३:५१ बजे, शनिबार, वैशाख ३१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












