Kathmandu Press

बालगोपालेश्वर मन्दिर यो भाइटीकामा पनि नखुल्ने

काठमाडौं, कात्तिक ६ : साढे तीन सय वर्षदेखि वर्षमा एक दिन मात्रै खुल्दै आएको बालगोपालेश्वर मन्दिर यो वर्षको भाइटीकामा पनि नखुल्ने भएको छ।

राज....

बालगोपालेश्वर मन्दिर यो भाइटीकामा पनि नखुल्ने

काठमाडौं, कात्तिक ६ : साढे तीन सय वर्षदेखि वर्षमा एक दिन मात्रै खुल्दै आएको बालगोपालेश्वर मन्दिर यो वर्षको भाइटीकामा पनि नखुल्ने भएको छ।

राजा प्रताप मल्लले साढे तीन सय वर्षअघि रानीपोखरीको बीचमा बालगोपालेश्वर मन्दिर निर्माण गरेका थिए। यो मन्दिर भाइटीका दिनमात्रै खुल्ने गरेको छ। तर, भूकम्पले रानीपोखरीमा क्षति पुगाए यता यो मन्दिर खुल्न सकेको छैन।

अहिले रानीपोखरीको पुनःनिर्माण भइरहेको छ। तिहार अघि रानी पोखरीको पुनःनिर्माण नसकिएकाले यो वर्षको भाइटीकामा पनि बालगोपालेश्वर मन्दिर नखुल्ने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ।

२०७२ वैशाख १२ गते गएको भूकम्पले रानी पोखरी र मन्दिरमा क्षति पुगेको थियो। अहिले दुवैको पुनःनिर्माण भइरहेको छ। करिब ६० प्रतिशत पुनःनिर्माण सकिएको प्राधिरकणले जनाएको छ।

रानी पोखरीको २०७३ सालकै भाइटीकामा सक्ने लक्ष्य राखिएको थियो। तर, पुनःनिर्माणमा ढिलाइ हुँदा यो वर्ष पनि पुरा भएको छैन।

तिहारअघि नै मन्दिरको काम सक्ने लक्ष्य लिए पनि सम्पन्न हुन नसकेको प्राधिकरणका सदस्य चन्द्र श्रेष्ठले बताए। ‘तिहार अघि नै सक्ने लक्ष्य त थियो तर, सकेनौँ। सम्झौतापछि तीव्र गतिमा काम गरिएपनि सकिएन,’ श्रेष्ठले भने।

ठेक्का सम्झौतामा ढिलाइ भएकाले पुनःनिर्माणमा पनि ढिलाइ भएको उनको भनाइ छ। पुनःनिर्माण पुरा नहुँदा बालगोपालेश्वर मन्दिर नखुल्ने बताउँदै उनले भने, ‘विगतका वर्षजस्तै यो वर्ष पनि भाइटीकाको दिन बालगोपालेश्वरको मूर्ति मन्दिरको पश्चिम ढोकातिर राखेर पूजा गरिनेछ।’ अहिले भक्तजनको सजिलोको लागि पुलको काम भइरहेको श्रेष्ठले बताए।

बालगोपालेश्वर मन्दिर पुनःनिर्माणको ठेक्का सीए तुलसी कन्स्ट्रक्सनलाई दिएको थियो। भाइटीका दिन रानी पोखरीमा गएर टीका लगाउने प्रचलन रहेको छ।

प्रकाशित मिति: १५:१२ बजे, बुधबार, कात्तिक ६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्