Kathmandu Press

मोरङका ११ पालिकामा मतगणना सुरु

मोरङ, वैशाख ३१ : मोरङ जिल्लामा रहेको १७ पालिकामा  शुक्रबार सम्पन्न भएको स्थानीय निर्वाचनमध्ये ११ पालिकामा मतगणना सुरु भएको छ। मोरङको बेलबारी, उर्लाबारी, रङ्गेली, सुनवर्षी...
मोरङका ११ पालिकामा मतगणना सुरु
फाइल तस्बिर

मोरङ, वैशाख ३१ : मोरङ जिल्लामा रहेको १७ पालिकामा  शुक्रबार सम्पन्न भएको स्थानीय निर्वाचनमध्ये ११ पालिकामा मतगणना सुरु भएको छ। 

मोरङको बेलबारी, उर्लाबारी, रङ्गेली, सुनवर्षी र लेटाङ नगरपालिकामा मतगणना सुरु भएको प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन कश्यप अधिकारीले जानकारी दिए।

यसैगरी जहदा, धनपालथान, ग्रामथान, कटहरी, कानेपोखरी र मिक्लाजुङमा पनि मतगणना सुरु भएको छ । विराटनगर महानगरपालिकाको मतगणना भने केहीबेरपछि सुरु गर्ने तयारी भइरहेको मुख्य निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी होमबहादुर बुढाथोकीले बताए। 

विराटनगर महानगरपालिकामा एक लाख ३३ हजार १४२ मतदाता रहेकामा ८९ हजार ६७८ (६७ दशमलव ३५ प्रतिशत) मतदान भएको थियो । 

प्रकाशित मिति: ११:२३ बजे, शनिबार, वैशाख ३१, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्