Kathmandu Press

सिन्धुली मरिणको मतगणना प्रारम्भ

सिन्धुली मरिणको मतगणना प्रारम्भ
फाइल तस्बिर

सिन्धुली, वैशाख ३१ : स्थानीय तहको शुक्रबार भएको निर्वाचनको विभिन्न पालिकामा मतगणना  सुरु भएका छन् । जिल्लाको मरिण गाउँपालिकामा मतगणना सुरु भएको छ । अन्य स्थानीय तहमा पनि मतगणना गर्न सर्वदलीय बैठक बस्दैछ ।

मरिणको वडा नं १ बाट मतगणना सुरु गरिएको हो । हालसम्म ५४३ मतगणना सम्पन्न भएको जनाइएको छ । यस्तै हरिहरपुरगढी गाउँपालिकामा मतगणनाको तयारी गरिएको छ । बिहान ७ बजेदेखि मतगणना गर्ने सहमति भए पनि ढिलागरी मतगणना सुरु हुन लागेको हो। 

Hardik ivf

दुधौली नगरपालिका, तीनपाटन गाउँपालिका, फिक्कल गाउँपालिका, कमलामाई नगरपालिका, घ्याङलेख गाउँपालिका, गोलञ्जोर गाउँपालिकामा बिहान ९ बजेदेखि मतगणना गर्ने बताइएको छ।

सुनकोसी गाउँपालिकामा बिहान सर्वदलीय बैठक राखिएको निर्वाचन अधिकृत लक्ष्मी पाण्डेले जानकारी दिए। उनका अनुसार नेकपा (एमाले)ले बन्दीपुर र चैनपुरमा पुनःमतदानको माग गर्दै निवेदन दिएको छ ।    निर्वाचन अधिकृत पाण्डेले उक्त स्थलमा झडप भएको र पछि मतदान भएको बताए। सर्वदलीय बैठकपछि के गर्ने भन्ने निर्णय हुने उनको भनाइ छ। 
    
जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी पुष्पाकुमारी झाका अनुसार जिल्लामा ६९ प्रतिशत मतदान भएको छ । जिल्लाको केही स्थानीय तहबाट विवरण प्राप्त नभएकाले यो प्रक्षेपण गरिएको हो। 

जिल्लामा कति प्रतिशत मत खस्यो भन्ने विषयमा स्थानीय तहमा खटाइएका निर्वाचन अधिकृतसँग विवरण माग गरिएको उनले जानकारी दिए। 

दुधौली नगरपालिकामा ७०।६२, कमलामाई नगरपालिकामा ६८, सुनकोसी गाउँपालिकामा ६६, हरिहरपुरगढीमा ६८  र फिक्कल गाउँपालिकामा ७२।७३ प्रतिशत मतदान भएको छ। 

प्रकाशित मिति: १०:३१ बजे, शनिबार, वैशाख ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्