Kathmandu Press

कञ्चनपुरको लालझाडी–६ मा कांग्रेसका जोशी विजयी

कञ्चनपुरको लालझाडी–६ मा कांग्रेसका जोशी विजयी

कञ्चनपुर, वैशाख ३१: स्थानीय तहको निर्वाचनअन्तर्गत कञ्चनपुरका केही पालिकामा राति अबेरदेखि मतगणनाको कार्य शुरु भएको छ।

लालझाडी, बेलौरी, बेलडाँडी, दोधारा–चाँदनीमा मतगणना शुरु भएको छ। लालझाडी गाउँपालिका–६ मा नेपाली कांग्रेसका हर्कनारायण जोशी प्यानलसहित विजयी भएका छन्।

Hardik ivf

निर्वाचन अधिकृतको कार्यालयअनुसार जोशीले आफ्ना निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का फूलाराम चौधरीलाई ११५ मतको अन्तरले हराउँदै वडाध्यक्षमा निर्वाचित भएका हुन्। नवनिर्वाचित वडाध्यक्ष जोशीले ४६४, चौधरीले ३४९ र एमालेका उम्मेदवार जीतबहादुर चौधरीले २६६ मत प्राप्त गरेका छन्।

यसैगरी बेलौरी नगरपालिकाको प्रारम्भिक मत परिणामअनुसार ८८३ मतगणना हुँदा नेकपा (माओवादी केन्द्र) का नगरप्रमुख पदका उम्मेदवार पोतिलाल चौधरीले ३८९, कांग्रेसका हरेन्द्रसिंह विष्टले २४९ र एमालेका कमला बोहराले २४५ मत प्राप्त गरेका छन्। मतगणना भइरहेका अन्य पालिकाको मतपरिणाम आउन बाँकी छ।

 

प्रकाशित मिति: ०८:५६ बजे, शनिबार, वैशाख ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्