चाँगुनारायण नगरपालिकामा मतगणना शुरु
भक्तपुर, वैशाख ३१: भक्तपुरको चाँगुनारायण नगरपालिकामा मतगणना शुरु भएको छ।सर्वदलीय बैठकपछि बिहान ८ बजेदेखि मतगणना शुरु भएको हो। शुक्रबार सम्पन्न मतदानमा चाँगुनारायण नगरपालिकामा...
भक्तपुर, वैशाख ३१: भक्तपुरको चाँगुनारायण नगरपालिकामा मतगणना शुरु भएको छ।
सर्वदलीय बैठकपछि बिहान ८ बजेदेखि मतगणना शुरु भएको हो। शुक्रबार सम्पन्न मतदानमा चाँगुनारायण नगरपालिकामा करीब ३३ हजार २८८ मत खसेको थियो।
मेयरमा नेकपा (एमाले), नेपाली कांग्रेस र राप्रपाका उम्मेदवारबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
प्रकाशित मिति: ०८:३१ बजे, शनिबार, वैशाख ३१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












