तनहुँका चार स्थानीय तहमा मतगणना शुरु
तनहुँ, वैशाख ३१ : स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार भएको मतदान सकिएपछि तनहुँमा मतगणना शुरु भएको छ।जिल्लाका तीन पालिकामा शुक्रबार राति र एक पालिकामा...
तनहुँ, वैशाख ३१ : स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार भएको मतदान सकिएपछि तनहुँमा मतगणना शुरु भएको छ।
जिल्लाका तीन पालिकामा शुक्रबार राति र एक पालिकामा आज बिहानदेखि मतगणना शुरु भएको हो। बन्दीपुर , म्याग्दे र घिरिङ गाउँपालिकामा शुक्रबार रातिदेखि नै मतगणना शुरु भएको छ भने भिमाद नगरपालिकामा आज बिहानदेखि मतगणना शुरु भएको छ। अन्य पालिकामा पनि मतगणना शुरु गर्ने तयारी छ।
व्यास नगरपालिकामा भने मतगणनामा अन्यौल छ। व्यास–८ रिस्ती मतदान केन्द्रमा विवाद भएपछि नेकपा (एमाले) र गोविन्दराज जोशी समूहले पुनःमतदान गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छन्।
स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा ६४ प्रतिशत मत खसेको छ। जिल्लाका दशवटै पालिकाका २९७ मतदान केन्द्रमा भएको मतदानमा ६४ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ।
प्रकाशित मिति: ०७:४६ बजे, शनिबार, वैशाख ३१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












