Kathmandu Press

नुवाकोटको म्यागङ १ मा कांग्रेसको प्यानल विजयी

नुवाकोट, वैशाख ३१ : नुवाकोटको म्यागङ गाउँपालिका-१ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ।स्थानीय तह निर्वाचनमा अन्तर्गत सो वडाको वडाध्यक्ष पदमा जिमाबहादुर तामाङ...
नुवाकोटको म्यागङ १ मा कांग्रेसको प्यानल विजयी

नुवाकोट, वैशाख ३१ : नुवाकोटको म्यागङ गाउँपालिका-१ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ।

स्थानीय तह निर्वाचनमा अन्तर्गत सो वडाको वडाध्यक्ष पदमा जिमाबहादुर तामाङ ९४ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतले सूर्यदर्शन पण्डितले जानकारी दिए।

उनका अनुसार नवनिर्वाचित तामाङको निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का अनिलकुमार घलेले ६९ मत प्राप्त गरेका छन्। वडाध्यक्षसहित महिला सदस्य, दलित महिला सदस्य र दुई खुला सदस्य गरेर वडाको पाँच जना पदाधिकारी नै कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

उक्त वडाबाट गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवारलाई ९३, माओवादीका उम्मेदवारलाई ६९, नेकपा (एमाले) को उम्मेदवारलाई ३७ मत प्राप्त भएको छ। अहिले वडा नं २ को मतगणना जारी छ।

प्रकाशित मिति: ०७:०८ बजे, शनिबार, वैशाख ३१, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्