Kathmandu Press

नीलकण्ठ नगरपालिकाका मेयर उम्मेदवारमाथि हातपात

नीलकण्ठ नगरपालिकाका मेयर उम्मेदवारमाथि हातपात

काठमाडाैं, बैशाख ३० : धादिङको नीलकण्ठ नगरपालिकाका मेयरका उम्मेदवारमाथि हातपात भएकाे छ।

मतदानबारे बुझ्न नगरपालिकाकाे वडा नम्बर ५ को पञ्चकन्या मतदान केन्द्रमा पुगेका भीमप्रसाद ढुंगानामाथि हातपात भएको हाे।

उनी नेपाली कांग्रेसकोतर्फबाट गठबन्धनका मेयर उम्मेदवार हुन्।

मतदान भइरहेका बेला बुथमा प्रवेश गरेका ढुंगानालाई अज्ञात समूहले पिटेका थिए। उम्मेदवार ढुंगानालाई अहिले नजिकै कांग्रेस कार्यकर्ताहरूले उद्धार गरेर सुरक्षित ठाउँमा राखेका छन्।

प्रकाशित मिति: २०:४९ बजे, शुक्रबार, वैशाख ३०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्