Kathmandu Press

बुढानिलकण्ठ नगरपालिकाकाे १३ वटै वडामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न

बुढानिलकण्ठ नगरपालिकाकाे १३ वटै वडामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न

काठमाडाैं, बैशाख ३० : काठमाडाैंकाे बुढानिलकण्ठ नगरपालिकामा स्थानीय निर्वाचनको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। बुढानिलकण्ठ नगरपालिकामा बिहान ७ बजे बाट शुरु भएको मतदान साँझ ५ बजे सकिएकाे हाे।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० को नेपाल चार्टर बुथ मा भने केहि प्राबिधिक कारण ढिलो गरि मतदान सुरू भएको थियो।

बुढानिलकण्ठ नगरपालिकाकाे १३ वटा वडामा ५३ बटा मतदान केन्द्रहरु रहेका थिए। जसमा ४८,०३४ मतदाता मध्ये ३४,४६४ जनाले मतदान गरेका छन्।

प्रकाशित मिति: २०:२९ बजे, शुक्रबार, वैशाख ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्