Kathmandu Press

इलाममा १११ वर्षीय वृद्धाद्वारा मतदान

इलाममा १११ वर्षीय वृद्धाद्वारा मतदान

मंगलबारे, बैशाख ३० : इलाम जिल्लाको सूर्योदय नगरपालिका–१४ बतासेस्थित सरस्वती माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा १११ वर्षीया जेष्ठ नागरिक विष्णुमाया अधिकारीले मतदान गरेकी छन।

उत्तिकै उत्साहका साथ यस पटक उनले आठौँ पटक मतदान गर्न पाउँदा स्थानीय तहको भविष्य कोर्ने भएकाले आफूले चाहेको उम्मेदवारलाई मतदान गरेको बताइन।

उक्त केन्द्रमा कूल तीन हजार ३९ मतदातामध्ये एक हजार ४४२ महिला र एक हजार ५९७ पुरुष मतदाता रहेको बताइएको छ।

प्रकाशित मिति: १९:०८ बजे, शुक्रबार, वैशाख ३०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्