Kathmandu Press

तिंकरमा मतदान सकियो, छाङ्गरुमा सकिदै

दार्चुला, बैशाख ३० : व्याँस गाउँपालिका–१ को तिंकरमा मतदान सकिएको छ। चीनको सीमा नजिकै रहेको तिंकर गाउँमा मतदान सकिएको हो। तिंकरमा १३६ जनाले मतदान...
तिंकरमा मतदान सकियो, छाङ्गरुमा सकिदै
Hardik ivf

दार्चुला, बैशाख ३० : व्याँस गाउँपालिका–१ को तिंकरमा मतदान सकिएको छ। चीनको सीमा नजिकै रहेको तिंकर गाउँमा मतदान सकिएको हो।
 
तिंकरमा १३६ जनाले मतदान गरेका छन्। मतदान गर्नेमा ७३ पुरुष र ६३ महिला मतदाता छन्। तिंकरमा मतदान सकिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मका गुल्मपति धीरेन्द्र शाहले जानकारी दिए। तिंकर मतदान केन्द्रमा १११ पुरुष र १२० महिला गरी २३१ जना मतदाता रहेका थिए।

व्याँस–१ कैलाशपति आधारभूत विद्यालय छाङ्गरुमा मतदान अन्तिम चरणमा पुगेको जनाइएको छ। दिउँसोसम्म छांगरुमा २०९ ले मतदान गरेका छन्। यस केन्द्रमा ३७५ जना मतदाता छन्।

यी दुवै गाउँका मतदाता एक साताअघि मात्रै भारतीय बाटो हुँदै छाङ्गरु तिंकर बसाई सरेका थिए। यहाँका स्थानीय छ महिना सदरमुकाम खलंगा र छ महिना छाङ्गरु तिंकर बसाई सर्ने गरेका छन्।

प्रकाशित मिति: १८:१९ बजे, शुक्रबार, वैशाख ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्