बारामा अपराह्न तीन बजेसम्म ५५ प्रतिशत मतदान
बारा, वैशाख ३० ः बारा जिल्लाको १६ वटा पालिकामा आज भएको स्थानीय तहको निर्वाचनमा दिउँसो ३ बजेसम्म ५५ प्रतिशत मतदान भएको मुख्य निर्वाचन...
बारा, वैशाख ३० ः बारा जिल्लाको १६ वटा पालिकामा आज भएको स्थानीय तहको निर्वाचनमा दिउँसो ३ बजेसम्म ५५ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले जानकारी दिए।
बारागढी सिम्रौनगढ प्रचरौटा मतदान केन्द्रमा मतदान सुरु हुन लाग्दा दुवै पक्षबीच झडप भएकामा अनुगमन टोलीले दुवै पक्षलाई सम्झाइ मतदान सुरु गराएको मुख्य निर्वाचन अधिकृत रेग्मीले बताए।
अहिलेसम्म सबै मतदानस्थलमा निरन्तर मतदान सञ्चालन भइरहेको उनले जानकारी दिए।
प्रकाशित मिति: १६:५४ बजे, शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












