Kathmandu Press

श्रममन्त्री श्रेष्ठद्वारा दमौलीमा मतदान

तनहुँ, वैशाख ३० : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले स्थानीय तह निर्वाचनअन्तर्गत आज मतदान गरेका छन् । उनले तनहुँको व्यास नगरपालिका–४ स्थित...
श्रममन्त्री श्रेष्ठद्वारा दमौलीमा मतदान

तनहुँ, वैशाख ३० : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले स्थानीय तह निर्वाचनअन्तर्गत आज मतदान गरेका छन् । उनले तनहुँको व्यास नगरपालिका–४ स्थित मदर्सा आधारभूत विद्यालय मतदानस्थलमा मतदान गरेका हुन्। 

मतदान गरेपछि  सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले स्थानीय सरकारका प्रतिनिधि जनताको सेवक बन्नुपर्नेमा जोड दिए। जनप्रतिनिधि प्रशासक नभइ जनताको सेवकको रुपमा रहनुपर्ने उनको भनाइ थियो ।

सबैभन्दा तल्लो तहको सरकार भएकाले सिहंदरबार गाउँ–गाउँमा भन्ने नारालाई यथार्थमा उर्तानका लागि स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुने मन्त्री श्रेष्ठले बताए।  विगत पाँच वर्षको स्थानीय तहको कार्यकाल केही कमजोरीबाहेक सुखद रहेको उनले बताए। 

आजको महत्वपूर्ण दिनमा उत्साहपूर्ण रुपमा मतदानमा सहभागी हुन मन्त्री श्रेष्ठले आम जनतालाई आग्रह गरेका छन्। 

प्रकाशित मिति: १६:२४ बजे, शुक्रबार, वैशाख ३०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्