Kathmandu Press

वर्षाका कारण सुर्खेतका दुई पालिकामा मतदान प्रभावित

भारी वर्षा भएपछि सुर्खेतका दुई पालिकामा मतदान प्रक्रिया प्रभावित भएको छ।
वर्षाका कारण सुर्खेतका दुई पालिकामा मतदान प्रभावित

सुर्खेत, ३० वैशाखः भारी वर्षा भएपछि सुर्खेतका दुई पालिकामा मतदान प्रक्रिया प्रभावित भएको छ।

सुर्खेतको पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकामा पानी परेपछि निर्वाचन प्रक्रिया प्रभावित भएको हो।

भारी वर्षा भएपछि दुई पालिकाका केही मतदान केन्द्रमा मतदान प्रक्रिय रोकिएको छ। पानी पर्न रोकिएपछि ती स्थानमा मतदान सुरू हुने बताइएको छ।

सुर्खेतमा अहिले पनि हावा हुरीसँगै भारी वर्षा भइरहेको छ।

प्रकाशित मिति: १४:४५ बजे, शुक्रबार, वैशाख ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्