ओप्पो रेनो-२ एफको नेपालमा बिक्री सुरू, यस्ता छन् विशेषता
काठमाडाैं, कात्तिक ६ : ओप्पो रेनो–२ एफ मोबाइलको नेपालमा बिक्री सुरू भएको छ।
काठमाडौंस्थित ओप्पो सोरुममा एक कार्यक्रम आयोजना गरी ....

काठमाडाैं, कात्तिक ६ : ओप्पो रेनो–२ एफ मोबाइलको नेपालमा बिक्री सुरू भएको छ।
काठमाडौंस्थित ओप्पो सोरुममा एक कार्यक्रम आयोजना गरी यसको बिक्री सुरू गरिएको हो । सोमबारबाट बिक्री गर्न थालिएको सोेरुमका बजार म्यानेजर कृष्ण केसीले बताए।
ओप्पोको नयाँ फोन भएकाले बजार लिनलाई केहि समय लाग्ने उनको भनाइ छ। अहिले पनि उपभोक्ताले राम्रो प्रतिक्रिया दिइरहेको उनले बताए।
ओप्पो रेनो–२ एफका यस्ता छन् विशेषता :
ओप्पोले अहिलेसम्म सार्वजानिक गरेको फोनभन्दा रेनो–२ एफ सबैभन्दा नयाँ र महंगो फोनमध्येको एक हो। यसमा कम्पनीले क्वाड (चारवटा) क्यामेरा सेटअपको ब्यवस्था गरेको छ।
फोनमा उपलब्ध चार क्यामेरामा ४८ एमपी अल्ट्रा क्लियर मेन लेन्स, आठ एमपी वाइड एंगल लेन्स, एउटा मोनो लेन्स र दुई एमपी पोट्रेट लेन्स रहेको कम्पनीले जनाएको छ। ४८ एमपी क्षमताको प्रमुख लेन्स तुलनामा ठूलो मात्र नभइ अझ बढी रेजोल्यूसन दिने क्षमता राख्ने कम्पनीको दाबी छ। यसमा रहेका एफ १.७९ एपर्चर र १ र २.२५ ईञ्च सेन्सरको सहायताबाट यस्तो हुन सम्भव भएको बताइएको छ।
रेनो–२ एफमा कम्पनीले चार हजार एमएएच क्षमताको शक्तिशाली ब्याट्री जडान गरेको छ। त्यसैगरी यसमा ६.५ ईञ्चको मल्टि–टच, ३९४ पीपीआईमा २३४०८१०८० पिक्सेल क्यापेसिटिभ स्क्रिनको ब्यवस्था गरिएको छ।
स्क्रिनको सुरक्षार्थ फोनमा बलियो र सम्भावित जोखिम न्यूनिकरणका लागि पाँचौ पुस्ताको कोर्निङ गोरिल्ला ग्लासको प्रयोग गरिएको छ। हाल रेनो–२ एफको मूल्य ४५ हजार नौ सय ९० रुपैयाँ रहेको छ।










-1754206481.jpg)
