रसुवामा २५ प्रतिशत मतदान
रसुवा, वैशाख ३० : आज सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचन रसुवामा शान्तिपूर्ण तवरले अगाडि बढेको जनाइएको छ। जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाका अनुसार...
रसुवा, वैशाख ३० : आज सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचन रसुवामा शान्तिपूर्ण तवरले अगाडि बढेको जनाइएको छ। जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाका अनुसार अहिले १०ः३० बजेसम्म २५ प्रतिशत मतदान भएको छ।
सांसद मोहन आर्चायले उत्तरगया गाउँपालिका वडा नं ५ को माझगाउँ केन्द्रबाट ९ः३० बजे मतदान गर्नुभएको मतदान अधिकृत नेत्रमणि न्यौपानेले जानकारी दिए।
रसुवा जिल्लाको ५१ मतदान केन्द्रबाट मतदाता गर्ने मतदाताको सङ्ख्या ३८ हजार ५४५ जना बताइएको छ। मौसम सामान्य रहेकोले मतदानका लागि उत्साहपूर्वक मतदाता लामबद्व भएर आफ्ना मताधिकार प्रयोग गरिरहेका छन्।
प्रकाशित मिति: १४:०३ बजे, शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












