Kathmandu Press

ललितपुर महानगरका प्रमुख उम्मेदवारद्वय महर्जन र ब्यञ्जनकारद्वारा मतदान

काठमाडौं, वैशाख ३० : ललितपुर महानगरपालिकाका प्रमुख पदका उम्मेदवारद्वय चिरीबाबु महर्जन र हरिकृष्ण ब्यञ्जनकारले मतदान गरेका छन् । सत्ता गठबन्धका उम्मेदवार महर्जनले वडा नम्बर ३...
ललितपुर महानगरका प्रमुख उम्मेदवारद्वय महर्जन र ब्यञ्जनकारद्वारा मतदान

काठमाडौं, वैशाख ३० : ललितपुर महानगरपालिकाका प्रमुख पदका उम्मेदवारद्वय चिरीबाबु महर्जन र हरिकृष्ण ब्यञ्जनकारले मतदान गरेका छन् । 

सत्ता गठबन्धका उम्मेदवार महर्जनले वडा नम्बर ३ स्थित मोडल आइडल विद्यालयबाट र नेकपा (एमाले) का उम्मेदवार ब्यञ्जनकारले वडा नम्बर ९ स्थित श्रमिक शान्ति विद्यालयबाट मतदान गरेका हुन्। जिल्लाका छवटै स्थानीय तहमा शान्तिपूर्णरुपमा मतदान सुरु भएको छ।  

ललितपुरका १३१ मतदानस्थलमा रहेका २८८ मतदान केन्द्रमा मतदान जारी रहेको मुख्य निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटीले जानकारी दिए।

्जिल्लामा ३० हजार ८११  नयाँ मतदाता थपिएका जनाइएको छ । योसँगै जिल्लामा कूल दुई लाख ४३ हजार ८८४ मतदाता पुगेका छन् ।  ललितपुरमा ५० मतदानस्थल संवेदनशीलको सूचीमा  छ।  

प्रकाशित मिति: ११:०५ बजे, शुक्रबार, वैशाख ३०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्