प्रमुख निर्वाचन आयुक्त थपलियाले गरे मतदान
काठमाडौं, वैशाख ३० : प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भक्तपुरको मध्यपुरथिमि–१ लोकन्थलीस्थित उपस्वास्थ्यचौकी मतदानस्थलबाट मतदान गरेका छन्।उनले बिहान ७ बजे उक्त मतदानस्थलरेका हुन्।...
काठमाडौं, वैशाख ३० : प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भक्तपुरको मध्यपुरथिमि–१ लोकन्थलीस्थित उपस्वास्थ्यचौकी मतदानस्थलबाट मतदान गरेका छन्।
उनले बिहान ७ बजे उक्त मतदानस्थलरेका हुन्। मतदानपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै थपलियाले पाँच वर्षपछि आफ्नो ठाउँको प्रतिनिधि चयन गर्न पाउँदा गर्व लागेको बताए।
प्रमुख निर्वाचन आयुक्त थपलियो आम मतदातालाई उत्साहपूर्वक मतदानमा भाग लिन आह्वान गरे। मतदान गर्नुअघि उनले मतदानस्थलको अवलोकन गरेका थिए।
प्रकाशित मिति: ०८:०२ बजे, शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












