Kathmandu Press

श्रीलंकाको प्रधानमन्त्रीमा विक्रमासिङ्घे नियुक्त

काठमाडौं, वैशाख २९ : श्रीलंकामा बिहीबार नयाँ प्रधानमन्त्री नियुक्त भएका छन्। बिहीबार राष्ट्रपति गोटवाया राजापाक्षेले नयाँ प्रधानमन्त्रीका रूपमा रनिल विक्रमासिंघेलाई नियुक्त गरेका बिबिसीले...
श्रीलंकाको प्रधानमन्त्रीमा विक्रमासिङ्घे नियुक्त

काठमाडौं, वैशाख २९ : श्रीलंकामा बिहीबार नयाँ प्रधानमन्त्री नियुक्त भएका छन्। बिहीबार राष्ट्रपति गोटवाया राजापाक्षेले नयाँ प्रधानमन्त्रीका रूपमा रनिल विक्रमासिंघेलाई नियुक्त गरेका बिबिसीले जनाएको हो ।  

बिबिसीका अनुसार विक्रमासिंघेले नयाँ प्रधानमन्त्रीका रूपमा आजै सपथ लिएका हुन्। चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि देश प्रधानमन्त्री बिहीन थियो। उनले वैशाख २६ गते आफ्ना भाइसमेत रहेका राष्ट्रपति गोटवाया राजापाक्षेलाई राजीनामा बुझाएका थिए।

नयाँ प्रधानमन्त्री विक्रमासिंघे लामो समयदेखि राजनीतिमा सक्रिय छन्। यसपालि उनी छैठौं पटक प्रधानमन्त्री भएका बिबिसीले लेखेको छ। तर उनले कहिल्यै पनि आफ्नो पूरा कार्यकाल सम्हाल्न पाएका थिएनन्।

प्रकाशित मिति: २०:५० बजे, बिहीबार, वैशाख २९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्