Kathmandu Press

मतदानमा भाग लिई सार्वभौम अधिकारको प्रयोग गर्न अपिल

मतदानमा भाग लिई सार्वभौम अधिकारको प्रयोग गर्न अपिल

काठमाडौं, वैशाख २९ : अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाली जनताले शुक्रबार (भोलि) हुने निर्वाचनमार्फत आफूलाई मन परेको उम्मेदवार तथा राजनीतिक दललाई छान्न पाउने संविधान प्रदत्त सार्वभौम अधिकार प्रयोग गर्न अपिल गरेको छ । 

इन्सेकका अध्यक्ष डा इन्दिरा श्रेष्ठले आज जारी गरेको प्रेस विज्ञप्तिमा कुनै डर, धाक धम्की, त्रास र प्रलोभनमा नपरी मतदान गर्न सम्पूर्ण मतदातालाई अपिल गरिएको छ ।

Hardik ivf

स्थानीय तहको निर्वाचनमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न आम जनसमुदायमा अनुरोध गर्दै मानव अधिकार, सामाजिक न्याय र विधिको शासनको प्रक्रियाको शुद्धीकरण र सबलीकरणमा स्थानीय तहको निर्वाचनले महत्वपूर्ण भूमिका हुने उल्लेख छ ।

यही वैशाख ३० गते ७५३ स्थानीय तहका लागि हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । विसं २०७४ मा तीन चरणमा निर्वाचन भएको थियो । संविधानको भावना र स्थानीय तह निर्वाचन ऐनअनुसार पाँच वर्षको कार्यकाल सकिएकै दिन निर्वाचन गर्ने निर्णय भएको हो । 

“जननिर्वाचित प्रतिनिधिले प्रशासनिक व्यवस्थापकीय तथा कार्यकारी क्रियाकलाप आधिकारिकरूपमा अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन कार्यक्रम कार्यान्वयन गर्छन्”, प्रेस विज्ञप्तिमा भनिएको छ, “निर्वाचित प्रतिनिधि स्वाभाविकरूपमा स्थानीय जनताप्रति जिम्मेवार हुन बाध्य हुन्छन्, फेरि लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउने काम सबैभन्दा बढी स्थानीय तहले नै गर्ने हो, लोकतन्त्र बलियो बनाउन जनताको सहभागिता महत्वपूर्ण हुन्छ ।”

प्रकाशित मिति: २०:०९ बजे, बिहीबार, वैशाख २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्