Kathmandu Press

एक वडाबाट अर्को वडामा नजान मतदातालाई ओखलढुंगा प्रशासनको निर्देशन

काठमाडौं, वैशाख २९ : ओखलढुंगा जिल्ला प्रशासन कार्यालयले मौन अवधिमा मतदाताहरूलाई विनाकारण एक वडाबाट अर्को वडा वा टोलमा नजान निर्देशन दिएको छ ।प्रशासनले...
एक वडाबाट अर्को वडामा नजान मतदातालाई ओखलढुंगा प्रशासनको निर्देशन

काठमाडौं, वैशाख २९ : ओखलढुंगा जिल्ला प्रशासन कार्यालयले मौन अवधिमा मतदाताहरूलाई विनाकारण एक वडाबाट अर्को वडा वा टोलमा नजान निर्देशन दिएको छ ।

प्रशासनले विनाकारण अर्को वडा वा टोलमा गए कारवाही गर्ने चेतावनी दिएको हो ।

जिल्ला प्रशासन कार्यालयले विहीबार अत्यन्त जरुरी सुचना जारी गर्दै स्थानीय तह निर्वाचन आचारसंहिता अनुसार गत वैशाख २७ गते रातिबाट मौन अवधि सुरु भएको स्मरण गराउँदै सवैलाई आचारसंहिताको पालना गर्न भनेको छ । 

आचारसंहिताको उल्लंघन गरेमा तथा विनाकारण एक वडा वा टोलका मतदाता अर्को कुनै वडा वा टोलमा आवतजावत गरेमा कानुन बमोजिम कारवाही गरिने व्यहोरा सम्बन्धित सवैलाई जानकारी गराइन्छ’, सहायक प्रमुख जिल्ला अधिकारी सन्ध्या सिग्देलले जारी गरेको सूचनामा भनिएको छ ।
 

प्रकाशित मिति: १९:४३ बजे, बिहीबार, वैशाख २९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्