Kathmandu Press

३२ महिलालाई मतदान अधिकृतको जिम्मा

३२ महिलालाई मतदान अधिकृतको जिम्मा

दमाैली, बैशाख २९ : भोलि हुने स्थानीय तह निर्वाचनका लागि तनहुँमा ३२ महिलालाई मतदान अधिकृतको जिम्मा दिइएको छ। जिल्लाका विभिन्न स्थानीय तहका मतदान केन्द्रमा ३२ महिलालाई मतदान अधिकृतको जिम्मेवारी दिइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मतदान अधिकृतको जिम्मेवारी पाउनेमध्ये अधिकांश माध्यमिक तहका शिक्षक छन्। जिल्लाका १३६ मतदानस्थलमा २९७ मतदान केन्द्र निर्धारण गरिएको मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुङ्गानाले जानकारी दिए। यसपटक कुनैपनि मतदान केन्द्रमा सबै कर्मचारी महिला मात्रै परिचालन गरिएको छैन। विगतका स्थानीय तह निर्वाचनमा केही मतदान केन्द्रमा सबै कर्मचारी महिला मात्रै परिचालन गरिएको थियो।

Hardik ivf

कार्यालयका अनुसार आँबुखैरेनी–२ स्थित अकला आधारभूत विद्यालय केन्द्रमा रामशाह माविका शिक्षक पार्वती ढकाल, आँबुखैरेनी–४ स्थित जम्मादेवी आधारभूत विद्यालय (ख) केन्द्रमा केशवटार माविका शिक्षक नीता आले, आँबुखैरेनी–६ स्थित गाविस भवन (ख) मा मित्रता माविका शिक्षक शान्ता खनाल, बन्दीपुर–५ स्थित जगदीश्वर आवि (क) मा चोक माविका शिक्षक नानुमाया अधिकारीलाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ।

यस्तै भानुस्थित जनजागृति मावि हटिया (क) मा विद्या निकुञ्ज माविका शिक्षक बसन्ती घिमिरे, सरस्वती मन्दिर मावि (क) मा हिमालय माविका शिक्षक रक्षा अधिकारी, अरनिको मावि (ख) मा आँबुखैरेनी गाउँपालिकाका शिक्षा अधिकृत निर्मला कुँवर, भीमाद–५ स्थित गणेशमान स्मृति आवि (ग) मा भानु माविका शिक्षक गौरी ढकाल, भीमाद–६ स्थित जनज्योति मावि (क) मा भानु नगरपालिकाका अधिकृत सरस्वती गुरुङ, भीमाद–९ स्थित बुचाखानी मावि (ख) मा चन्द्रज्योति माविका शिक्षक आरती सुवेदीलाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ।

त्यस्तै म्याग्दे–१ स्थित महेन्द मावि (ख) मा हङ्शबाहिनी माविका शिक्षक यशोदा तिवारी, म्याग्दे–६ स्थित रत्न मावि (ख) मा जनजागृति गङ्गा माविका शिक्षक मीना सेन्चुरी, व्यास–२ स्थित सत्यवती मावि (ख) मा राधा माविका शिक्षक अम्बिका घिमिरे, सत्यवती मावि (ग) मा तनहुँ अदालतका तहसिलदार देवी भण्डारी, व्यास–३ स्थित महर्षि वेदव्यास संस्कृत मावि (ख) मा मीन माविका शिक्षक गीतादेवी लम्साललाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ।

व्यास–४ स्थित मदर्सा आधारभूत विद्यालय (ख) मा महेन्द्रज्योति माविका शिक्षक अप्सरा श्रेष्ठ, व्यास–५ स्थित उदय मावि (क) मा आदर्श सरस्ती माविका शिक्षक प्रतिभा कट्टेल, उदय मावि (ख) मा महर्षि वेदव्यास संस्कृत माविका शिक्षक आशिका श्रेष्ठ, जनजुक्त शाही मावि (ख) मा सडक डिभिजन कार्यालय प्रमुख लक्ष्मी केसी, व्यास–७ स्थित पद्ममज्योति आवि (ग) मा जनजुक्त शाही माविका सीतादेवी भुर्तेललाई मतदान अधिकृतको जिम्मा दिइएको जनाइएको छ।

व्यास–९ स्थित नारायणचौर आवि (क) मा मनोहर माविका शिक्षक पुनम भुजेल, व्यास–१० स्थित भानु मावि (ख) मा क्यामिन माविका शिक्षक रुपा घिमिरे, व्यास–१० स्थित चण्डिदेवी राष्ट्रिय मावि (ख) मा क्यामिन माविका शिक्षक कल्पना आचार्य, व्यास–११ स्थित तनहुँ आवि (ख) मा निर्मल माविका शिक्षक विपना सुनार, शुक्लागण्डकी–२ स्थित हङ्शबाहिनी मावि एक्लेखेत (ग) मा तनहुँ अदालतकी शाखा अधिकृत लक्ष्मी रिमाल पराजुलीलाई मतदान अधिकृतको जिम्मा दिइएको छ।

शुक्लागण्डकीस्थित निर्मल आवि (क) मा छब्दी माविका शिक्षक शारदा भट्टराई, शुक्लागण्डकी–६ स्थित अमरज्योति आविमा मङ्गलोदय माविका शिक्षक अञ्जना शर्मा, खैरेनी मावि (ग) मा सडक डिभिजनका इञ्जिनीयर बबिता शर्मा, शुक्लागण्डकी–७ स्थित सरस्वती नमूना मावि (क) मा दिवस माविका शिक्षक विन्दु खनाल, सरस्वती नमूना मावि (ख) मा राजपुर माविका शिक्षक सरिता भट्टराई, शुक्लागण्डकी–१० स्थित छब्दी देउराली मावि (क) मा कृषि ज्ञान केन्द्रका अर्थविज्ञ प्रकृति न्यौपाने र शुक्लागण्डकी–११ स्थित आधारभूत मावि (क) मा बुचाखानी माविका शिक्षक शान्ति गुरुङलाई मतदान अधिकृतको जिम्मा दिइएको हो।

प्रकाशित मिति: १८:५४ बजे, बिहीबार, वैशाख २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्