Kathmandu Press

रसुवामा स्थानीय निर्वाचनमा २५५ कर्मचारी

रसुवा, बैशाख २९ : स्थानीय तहको निर्वाचन सम्पन्न गर्न जिल्लामा सबै खाले तयारी पूरा भएको छ। जिल्लाका ३४ मतदानस्थलका ५१ मतदान केन्द्रमा तयारी ...
रसुवामा स्थानीय निर्वाचनमा २५५ कर्मचारी
Hardik ivf

रसुवा, बैशाख २९ : स्थानीय तहको निर्वाचन सम्पन्न गर्न जिल्लामा सबै खाले तयारी पूरा भएको छ। जिल्लाका ३४ मतदानस्थलका ५१ मतदान केन्द्रमा तयारी  पूरा गरिएको हो। मतदान सम्पन्न गराउन २५५ कर्मचारी, १५३ स्वयंसेवक र आवश्यकतानुसार सुरक्षाकर्मीसमेत सम्बन्धित मतदान केन्द्रमा परिचालन भइसकेको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताए।

मतदानका लागि बुथ निर्माण र मतदान अधिकृतद्वारा सर्वदलीय बैठकसमेत सम्पन्न गराइसकेका कारण मतदान सहजरूपले सम्पन्न हुने धुञ्चे मतदान केन्द्र प्रमुख गीता पोखरेलले बताए। यस्तै दूरदराजको क्षेत्र लाङ्टाङमा मतदान सम्पन्न भएपछि गणनाका लागि  हेलिकाेप्टरमार्फत मतपेटिका धुञ्चे ल्याउने तय भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

जिल्लामा पाँच मतदान अधिकृतको कार्यालय स्थापना भएको र लाङ्टाङ क्षेत्र गोसाइँकुण्ड गाउँपालिका–४ मा पर्ने भएकाले गणनाका लागि सदरमुकाम ल्याउन लागिएको हो। यस्तै मतगणनास्थलमा सिसी क्यामरासहित सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ।

प्रकाशित मिति: १८:२६ बजे, बिहीबार, वैशाख २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्