Kathmandu Press

जलविद्युत् कम्पनी एकापसमा गाभिँदै

काठमाडौं, वैशाख २९ : बैंक तथा वित्तीय संस्था एकापसमा गाभिएका छन् । त्यस्तै पछिल्लो पटक बीमा कम्पनी पनि एकापसमा गाभिने सम्झौता गरेका छन्। नेपालको...
जलविद्युत् कम्पनी एकापसमा गाभिँदै

काठमाडौं, वैशाख २९ : बैंक तथा वित्तीय संस्था एकापसमा गाभिएका छन् । त्यस्तै पछिल्लो पटक बीमा कम्पनी पनि एकापसमा गाभिने सम्झौता गरेका छन्। नेपालको बैंकिङ इतिहासमा सबैभन्दा बढी संस्थालाई गाभ्ने वित्तीय संस्थाको रुपमा ग्लोबल आइएमई बैंकलाई लिइन्छ । सो बैंकले एक दर्जन बढी संस्थालाई आफूहरूमा समाहित गरेको छ।

त्यस्तै, नबिल बैंक र नेपाल बङ्गलादेश बैंकले एक आपसमा गाभिने सम्झौता गरेका छन् । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच गाभिने सम्झौता खारेज भएको छ । नेपाल राष्ट्र बैंकले एकापसमा गाभिन पाउने नीतिगत व्यवस्था गरेको छ । त्यसबाट सकारात्मक नतिजा समेत हासिल भएको छ।

Hardik ivf

यसै क्रममा जलविद्युत् कम्पनी पनि एकापसमा गाभिने तयारी गरेका छन्। जलविद्युत् कम्पनीको नियमन गर्ने विद्युत् नियमन आयोगले दुई जलविद्युत् कम्पनीलाई एकापसमा गाभिनका लागि स्वीकृति प्रदान गरेको छ।

एउटै लगानीकर्ता रहेका जलविद्युत् कम्पनीले एक आपसमा गाभिनका लागि आयोगसँग अनुमति मागेका थिए । यही क्रममा रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीबीच गाभिने सम्झौता भएको छ। ती कम्पनी गाभिएपछि कूल संयुक्त चुक्ता पुँजी रु एक अर्ब १४ करोड ५५ लाख ५८ हजार कायम हुनेछ । आयोगको यही वैशाख २६ गते बसेको १५६ औँ बैठकले गाभिनका लागि सहमति दिएको छ।

आयोगले प्रचलित कानुनबमोजिम लाभकरलगायत अन्य कर बुझाउनुपर्ने भएमा सम्बन्धित निकायका सो कर बुझाउनुपर्नेछ । कम्पनीले आयोगबाट समय सयममा जारी भएको मापदण्ड, संहिता तथा संस्थागत सुशासनसम्बन्धी निर्देशन पालना गर्नुपर्नेछ। 

कम्पनी गाभिने सम्बन्धमा अन्य प्रचलित ऐन, नियमावली वा निर्देशिका र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको व्यवस्था पालना गर्नुपर्ने भएमा सोकोसमेत पालना गर्नुपर्नेछ । आयोगले अन्य समान लगानीकर्ता भएका कम्पनीलाई पनि एकापसमा गाभिनका लागि प्रेरित गरिरहेको छ।  

प्रकाशित मिति: १७:२० बजे, बिहीबार, वैशाख २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्