Kathmandu Press

स्वास्थ्यमन्त्रीद्वारा नर्स दिवसको शुभकामना सन्देश

काठमाडौं, वैशाख २९ : बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले नर्सहरुको सेवाभाव र योगदानको कदर गर्दै अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा शुभकामना दिएका छन्। उनले आज अन्तर्राष्ट्रिय...
स्वास्थ्यमन्त्रीद्वारा नर्स दिवसको शुभकामना सन्देश

काठमाडौं, वैशाख २९ : बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले नर्सहरुको सेवाभाव र योगदानको कदर गर्दै अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा शुभकामना दिएका छन्। 

उनले आज अन्तर्राष्ट्रिय नर्स दिवसको अवसर पारेर शुभकामना व्यक्त गरेका हुन्। मन्त्री लामाले नर्सका कारण गुणस्तरीय स्वास्थ्य सेवा पाउने नागरिक अधिकार सुनिश्चित भएको बताएका छन्। 

Hardik ivf

शुभकामना सन्देशमा मन्त्री लामाले कोभिड–१९ को कहर तथा विश्वव्यापी रुपमा देखिने गरेको महामारीविरुद्ध नर्सहरुले दृढता, प्रतिबद्धता र इमान्दारीका साथ अहोरात्र खटेर सङ्क्रमण रोकथाम, नियन्त्रण एवं उपचार व्यवस्थापनमा देखाएको सक्रियताका कारण नर्सहरुप्रति बिरामी र आम नागरिकको सम्मान र श्रद्धा बढिरहेको उनले उल्लेख गरेका छन्। 

मन्त्री लामाले नर्सको स्वास्थ्य सेवा समर्पणमा धैर्यता तथा स्वास्थ्योपचारमा उल्लेख्य प्रगतिका लागि बिरामीको आत्मबल बढाउन दिइने निरन्तर हौसलाको स्वास्थ्य क्षेत्रमा सधैँ नै आवश्यकता भइरहनेसमेत बताएका छन्। 

अन्तर्राष्ट्रिय जगतमा नर्स फ्लोरेन्स नाइटिङ्गेलको सम्झनामा विश्वव्यापीरुपमा अन्तर्राष्ट्रिय नर्स दिवस मनाउने गरिन्छ । ‘नर्स नेतृत्वको लागि एक आवाज –विश्वव्यापी स्वास्थ्य सेवा सुरक्षित गर्नको लागि नर्सिंङ क्षेत्रमा लगानी गर्नुहोस्’ भन्ने नाराकासाथ आज विश्वव्यापी पमा मनाइँदैछ। 

प्रकाशित मिति: १७:१६ बजे, बिहीबार, वैशाख २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्