Kathmandu Press

कैलालीमा पनि निर्वाचन तयारी पूरा

कैलाली, वैशाख २९ : कैलालीमा स्थानीय तह निर्वाचनको तयारी पूरा भएको छ ।  जिल्ला निर्वाचन कार्यालय प्रमुख प्रेमराज भट्टका अनुसार मतदान अधिकृत तथा सहायक...
कैलालीमा पनि निर्वाचन तयारी पूरा

कैलाली, वैशाख २९ : कैलालीमा स्थानीय तह निर्वाचनको तयारी पूरा भएको छ ।  जिल्ला निर्वाचन कार्यालय प्रमुख प्रेमराज भट्टका अनुसार मतदान अधिकृत तथा सहायक मतदान अधिकृत मतदान केन्द्रमा बुधबारै पुगिसकेका र मतदान केन्द्रमा तयारी सम्पन्न गरेका जानकारी दिए। 

‘मतदान केन्द्रमा सबै कर्मचारी पुगेर काम थालेका छन् । मतदान गर्न जाने व्यक्तिले आफ्नो मतदाता परिचयपत्र लिएर मत हाल्न जानुपर्छ । मतदाता नामावलीमा नाम छ तर मतदाता परिचयपत्र नभएको अवस्थामा नागरिकताको आधारमा पनि मत हाल्ने प्रबन्ध गरिएको छ,’ प्रमुख भट्टले भन्नुभयो, ‘कैलालीमा २३६ मतदानस्थल र ६१९ मतदान केन्द्र तोकिएका छन्।’

Hardik ivf

मतदान केन्द्रमा एक हजार २५० मतदान अधिकृत तथा सहायक अधिकृत, तीन हजार ५० कर्मचारी र एक हजार ८७५ स्वयम्सेवक खटिएका छन् । ‘स्थानीय तह निर्वाचनलाई मर्यादित बनाउन सबै जिम्मेवार बन्नुपर्छ । आफ्नो मताधिकार प्रयोग गरी जनप्रतिनिधि चुन्नसमेत मतदातालाई आग्रह गर्छु,’ उनले भने, ‘मौनअवधि सुरु भइसकेकाले आचारसंहिता पालनामा समेत सबैलाई ध्यान दिन आग्रह छ । निर्वाचनले पालिकाको दक्ष नेतृत्व चयनमा सबैलाई निधक्क मतदान गर्ने वातावरण बनाउने दायित्व सबैको हो।’

जिल्लामा पाँच लाख २५ हजार १२५ मतदाता छन् । ती मध्ये महिलाको सङ्ख्या बढी छ । जिल्लामा दुई लाख ६९ हजार १० महिला मतदाता छन् भने पुरुष मतदाता दुई लाख ५६ हजार १०४ छन्। ११ जना अन्य मतदाता छन् । मतदान केन्द्रमा पुगेका कर्मचारीले बुधबारबाट मतदाता परिचयपत्र वितरण थालेका छन्। 

निर्वाचनलाई लक्षित गर्दै सुदूरपश्चिमका सीमानाका तीन दिनका लागि बन्द भएका छन् । निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै वैशाख २७ गते राति १२ बजेदेखि वैशाख ३० गते राति १२ बजेसम्म सीमानाकामा आवतजावत बन्द गरिएको हो । भारतसँग सीमा जोडिएको त्रिनगर–गौरीफन्टा, खक्रौला नाका, बैतडीको झुलाघाटलगायतका सीमानाका बन्द भएका छन्।  

प्रकाशित मिति: १४:१३ बजे, बिहीबार, वैशाख २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्