Kathmandu Press

चीन र पाकिस्तानका विदेशमन्त्रीबीच भेटवार्ता

बेइजिङ, वैशाख २९ : चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टोबीच बुधबार भिडियोमार्फत् फोनवार्ता भएको छ।उनीहहरुका बीचमा बुधबार भिडियो वार्ता भएको र त्यस...
चीन र पाकिस्तानका विदेशमन्त्रीबीच भेटवार्ता

बेइजिङ, वैशाख २९ : चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टोबीच बुधबार भिडियोमार्फत् फोनवार्ता भएको छ।

उनीहहरुका बीचमा बुधबार भिडियो वार्ता भएको र त्यस क्रममा दुई देशबीचको सम्बन्धका विविध विषयहरुमा कुराकानी भएको समाचारमा जनाइएको छ।

Hardik ivf

त्यस अवसरमा चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र पाकिस्तानका बीचको सम्बन्ध अद्धितीय रहेको भन्दै यो सम्बन्ध आगामी दिनमा पनि सौहार्द रुपमा अघि बढ्ने बताएका थिए।

उनले चीन सधैँ पाकिस्तानमा शान्ति र विकासका पक्षका साथै पाकिस्तानको सार्वभौमिकता र अखण्डताका पक्षमा रहेको सो वार्ताका क्रममा बताउनुभएको थियो।
   
चिनियाँ विदेशमन्त्री बिलावल भुट्टोले आफूले पाकिस्तानको विदेश मन्त्रीका रुपमा चिनियाँ विदेशमन्त्रीसँग कुराकानी गर्न पाउँदा निकै खुसी लागेको बताएका थिए। उनले आफू पाकिस्तानको विदेशमन्त्रीमा नियुक्त भएपछि पहिलो पटक चीनका विदेशमन्त्रीसँग कुराकानी गरेको पनि उल्लेख गरेका छन्।

उनले चीनसँग पाकिस्तानको विशेष प्रकारको सौहार्द सम्बन्ध रही आएको र आगामी दिनमा पनि यो निरन्तर रहने बताउनुभएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ।

प्रकाशित मिति: १३:३९ बजे, बिहीबार, वैशाख २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्