Kathmandu Press

संयुक्त राष्ट्रसंघका महासचिवद्वारा खाद्य सुरक्षाका लागि आह्वान

संयुक्त राष्ट्रसंघ, वैशाख २९ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विश्व द्याद्य सुरक्षाका लागि केही पहल गर्नुपर्ने बताएका छन्।उनले केही वर्षयतादेखि नै विश्वमा खाद्य...
संयुक्त राष्ट्रसंघका महासचिवद्वारा खाद्य सुरक्षाका लागि आह्वान

संयुक्त राष्ट्रसंघ, वैशाख २९ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विश्व द्याद्य सुरक्षाका लागि केही पहल गर्नुपर्ने बताएका छन्।

उनले केही वर्षयतादेखि नै विश्वमा खाद्य सुरक्षाका लागि पहल गर्नुपर्ने अवस्था देखिँदै आएको बताउँदै तर युक्रेन र रुसको द्वन्द्वका कारण पछिल्ला दिनमा यसको समस्या झन् बढी देखिएको बताएका छन्।

Hardik ivf

विश्वमा दिनप्रतिदिन खाद्य संकट बढ्दै गएको भन्दै यसका लागि केही गर्नुपर्ने उनले बताएका छन्। विश्वमा देशहरुलाई खाद्यान्नको सुरक्षाका लागि पनि विशेष खालका कार्यक्रमहरु लक्षित गर्न आग्रह गरेका हून्।

उनले अहिले विश्वमा खाद्य असुरक्षा बढ्दै गएको र त्यस्तै अवस्था आफूले हालै गरेको युक्रेन र रुसको भ्रमणका क्रममा पनि देखिएको भन्दै यसका लागि केही गर्नुपर्नेमा उनले सबैलाई आग्रह गरेका हुन्।

हिजो भियनामा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले सो कुरामा जोड दिएका थिए। रुस युक्रेन द्वन्द्वका कारण यहाँ इन्धनको आपूर्तिमा समस्या देखिएको र त्यसबाट उत्पन्न भएको समस्याबाट हाल ती दुई देश मात्र नभएर बाहिरी विश्व पनि समस्यामा परेको महासचिव गुटरेसको भनाइ छ ।

प्रकाशित मिति: १२:४१ बजे, बिहीबार, वैशाख २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्