Kathmandu Press

उत्तर कोरियामा पहिलोपटक एकजनामा कोराेना संक्रमण

प्योङयाङ, वैशाख २९ उत्तर कोरियामा एक जनामा कोभिड १९ को संक्रमण भेटिएको सरकारी समाचार समिति कोरियन सेन्ट्रल न्युज एजेन्सी, केसिएनएले जानकारी दिएको छ।सो समाचार...
उत्तर कोरियामा पहिलोपटक एकजनामा कोराेना संक्रमण

प्योङयाङ, वैशाख २९ : उत्तर कोरियामा एक जनामा कोभिड १९ को संक्रमण भेटिएको सरकारी समाचार समिति कोरियन सेन्ट्रल न्युज एजेन्सी, केसिएनएले जानकारी दिएको छ।

सो समाचार समितिले उत्तर कोरियामा गएको दुई वर्षयता पहिलोपटक एक जनामा यो संक्रमण पाइएको जानकारी बिहीबार मात्र दिएको हो ।

सो समाचार समितिकाअनुसार राजधानी प्योङयाङका केही विरामीहरुमा गरिएको परीक्षणबाट एक जनामा यो संक्रमण पाइएको हो।

यहाँ पाइएको संक्रमण कोभिडको ओमिक्रोन भर्सन भएको पनि पाइएको समाचारमा जनाइएको छ। यो संक्रमण पाइएपछि यहाँको सरकारले यसलाई राष्ट्रिय संकटको अवस्था भनेको पनि सो समाचार समितिले जनाएको छ।

प्रकाशित मिति: ११:२७ बजे, बिहीबार, वैशाख २९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्