Kathmandu Press

कानून व्यवसायी केसीको प्रमाणपत्र रद्द

काठमाडौं, वैशाख २९: नेपाल कानून व्यवसायी परिषद्ले काठमाडौं जिल्ला अदालत बार एकाइका सदस्य अधिवक्ता सूर्यबहादुर केसी खत्रीको कानून व्यवसायीको प्रमाणपत्र रद्द गरेको छ।परिषद्ले बुधबार विज्ञप्ति...
कानून व्यवसायी केसीको प्रमाणपत्र रद्द

काठमाडौं, वैशाख २९: नेपाल कानून व्यवसायी परिषद्ले काठमाडौं जिल्ला अदालत बार एकाइका सदस्य अधिवक्ता सूर्यबहादुर केसी खत्रीको कानून व्यवसायीको प्रमाणपत्र रद्द गरेको छ।

परिषद्ले बुधबार विज्ञप्ति निकालेर लागुऔषध मुद्दामा सजाय पाएका अधिवक्ता खत्रीको कानून व्यवसायीको प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको जानकारी दिएको हो।परिषद् अन्तर्गतको अनुशासन समितिको वैशाख १६ गतेको बैठकले खत्रीको कानून व्यवसायीको प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको परिषद्का सचिव मोना सिंहले जानकारी दिइन्।

यसअघि परिषद्ले वैशाख १३ गते कानून व्यवसायी अधिवक्ता प्रकाश खतिवडाको पनि कानून व्यवसायीको प्रमाणपत्र रद्द गरेको थियो।

परिषद्ले कानुन व्यवसायीको प्रमाणपत्र प्राप्त गर्नुअघि नै कानून व्यवसायी हुन अयोग्य भएको तथ्य पछि प्रमाणित भएमा त्यस्तो व्यक्तिको प्रमाणपत्र रद्द गर्नसक्ने स्पष्ट पार्दै खतिवडाको कानून व्यवसायीको प्रमाणपत्र रद्द गरेको थियो। 

प्रकाशित मिति: ०७:१६ बजे, बिहीबार, वैशाख २९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्