Kathmandu Press

माछापुच्छ्रे बैंक ‘कर्पोरेट सुपर सिक्स सिजन ६’ को मुख्य प्रायोजक 

काठमाडौं, कात्तिक ६ : माछापुच्छ्रे  बैंक लिमिटेडको मुख्य प्रायोजनमा ‘कर्पोरेट सुपर सिक्स सिजन ६’ को  आयोजना हुने भएको छ।

 माछापुच्छ्रे बैंक ‘कर्पोरेट सुपर सिक्स सिजन ६’ को मुख्य प्रायोजक 

काठमाडौं, कात्तिक ६ : माछापुच्छ्रे  बैंक लिमिटेडको मुख्य प्रायोजनमा ‘कर्पोरेट सुपर सिक्स सिजन ६’ को  आयोजना हुने भएको छ।

मंगलबार ‘कर्पोरेट सुपर सिक्स सिजन ६’ को मुख्य प्रायोजक माछापुच्छ्रे बैंक लिमिटेड रहने गरी माछापुच्छ्रे बैंक लिमिटेड र एसएस इभेन्ट म्यानेजमेन्ट कम्पनीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

सम्झौता पत्रमा माछापुच्छ्रे बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र एसएस इभेन्ट म्यानेजमेन्ट कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमन शिवाकोटीले हस्ताक्षर गरेका हुन्।

सम्झौतापश्चात यो वर्षको कर्पोरेट सुपर सिक्स टुनामेन्टको नाम माछापुच्छ्रे बैंक, ‘कर्पोरेट सुवर सिक्स सिजन ६’ टुनामेन्ट रहने छ। 

पत्रकार सम्मेलनमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत शर्माले अहिलेको अवस्थामा स्वस्थ रहनका लागि खेलकुद अपरिहार्य जस्तै रहेको बताउँदै माछापुच्छ्रे बैंकले कर्पोरेट क्षेत्रमा कार्यरत कर्मचारीहरुको दैनिक कामकाजका साथसाथमा खेलकुदप्रतिको रुचिलाई मध्यजनर गर्दै बैंकले यो प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए।

पूर्व झापादेखि पश्चिम महाकालीसम्म २७१ भन्दा बढी सेवा सञ्जालमार्फत आमनागरिकको घरदैलोमा पुगेर सेवा गरिरहेको माछापुच्छ्रे बैंकले विशुद्ध बैंकिङ सेवा मात्र नभएर अन्य थुपै कार्यहरुमा सहभागिता जनाउँदै आएको बताउँदै उनले खेलकुद क्षेत्र जहिले पनि बैंकको प्राथमिकतामा रहने जनाए।

प्रमुख कार्यकारी अधिकृत शर्माले यो वर्षको माछापुच्छ्रे बैंक, कर्पोरेट सुपर सिक्स टुनामेन्ट कर्पोरेट क्षेत्रको मात्र नभएर देशकै एउटा क्रिकेट उत्सवको रुपमा मनाउने तयारी रहेको बताए।

माछापुच्छ्रे बैंक लिमिटेड पूर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना १४१ वटा शाखाहरु, १३० शाखारहित बैकिङ सेवा समेत गरी जम्मा २७१ स्थानमा रहेका सेवा सञ्जाल तथा १६३ वटा एटीएमहरुमार्फत ग्राहकलाई सेवा दिँदै आएको छ।
 

प्रकाशित मिति: २०:०६ बजे, मंगलबार, कात्तिक ५, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्