सवारी दुर्घटनामा २ जनाको मृत्यु
काठमाडौं, वैशाख २८ : ईलामको ईलाम नगरपालिका ९ गोलाखर्क भञ्ज्याङस्थित सडकमा ना.४ ख ५६६९ नम्बरको ट्रकले मे.१ प ६२४४ नम्बरको मोटरसाइकललाई बुधबार बिहान...
काठमाडौं, वैशाख २८ : ईलामको ईलाम नगरपालिका ९ गोलाखर्क भञ्ज्याङस्थित सडकमा ना.४ ख ५६६९ नम्बरको ट्रकले मे.१ प ६२४४ नम्बरको मोटरसाइकललाई बुधबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका ९ शेरा डेरा गरी बस्ने पाँचथर याङरुप गाउँपालिका ४ घर भएका ३५ वर्षीय धन बहादुर राईको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल ईलामतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सर्लाहीको बसवरिया गाउँपालिका ४ स्थित सडकमा ना.३ त ३७१३ नम्बरको ट्याक्टर अनियन्त्रित भई बुधबार दिउँसो पल्टिएर दुर्घटना हुँदा टयाक्टरमा सवार सोही ठाउँ बस्ने शम्भु भण्डारीको छोरा १० वर्षीय राजु भण्डारीको घटनास्थलमै मृत्यु भएको छ ।
हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
प्रकाशित मिति: १९:२५ बजे, बुधबार, वैशाख २८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












