Kathmandu Press

५१ वर्षिया पत्रकार शिरिनको इजरायली सेनाद्धारा गोली हानी हत्या

५१ वर्षिया पत्रकार शिरिनको इजरायली सेनाद्धारा गोली हानी हत्या

काठमाडौं, वैशाख २८ : अलजजिराकी पत्रकार शिरिन अबु अकेलेखको बुधबार इजरायली सेनाले गोली हत्या गरेको छ ।

५१ वर्षिया शिरिनले प्यालेस्टाइनको जेनिन शरणार्थी क्याम्पमा इजरायली सैनाले गरेको हमला बारे समाचार सम्प्रेश्रण गर्ने क्रममा गोली हानी हत्या गरिएको हो । अलजजिराका लागि प्यालेस्टाइनका ब्युरो प्रमुख वालिद अल ओमरीका अनुसार, शिरिनलाई इजरायली स्निाइपरले गोली हानेर हत्या गरेका थिए ।

प्रत्यक्षदर्शीका अनुसार शिरिनलाई लागेको गोली इजरायली सेना रहेको क्षेत्रबाट आएको थियो’, ब्युरो प्रमुख वालिदले भने । शिरिनसँगै रिर्पोटिङका लागि गएका अर्को प्यालेस्टाइनी पत्रकार मुजाहेद अल सादी पनि उक्त आक्रमणमा परेका थिए । ‘शरणार्थी क्याम्प भित्र प्रवेश गर्न हामी हाम्रो अन्य सहकर्मीहरूलाई पर्खिरहेका थियौँ ।  

सेफ्टी गियर साथ हामी शिरिनलाई पर्खिरहेका थियौँ’, अल सादी भन्छन्, ‘उनी आए पछि हामी मिटर परमात्र पुगेका थियौं गोली चल्न थाल्यो । सैनिकको निसानामा परेको भन्न नपाउँदै पछाडि फर्कदा शिरिन गोली लागेर ढलिसकेकी थिइन् ।’

‘त्यस पछि गोलीको बर्सात भयो । कति सहकर्मी रुख पछाडि लुके त कति जेनतेन उक्त इलाका कटेर सुरक्षित क्षेत्रमा प्रवेश गरी बच्न सफल भए’, उनले थपे, ‘हामीलाई सहयोग गर्न आएका केही विद्यार्थी समेतलाई गोली लाग्यो ।’ यद्यपि, हालसम्म इजरायली सैना उक्त आक्रमण बारे कुनै टिप्पणी वा प्रतिक्रिया जनाएको छैन । - अलजजिराबाट 

प्रकाशित मिति: १९:०० बजे, बुधबार, वैशाख २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्