Kathmandu Press

सोमालियामा आत्मघाती बम आक्रमणमा परी कम्तीमा ३ जनाको मृत्यु

मोगादिसु, वैशाख २८ : सोमालियाको राजधानी मोगादिसुको एक प्रमुख चेकपोस्टमा बुधबार भएको आत्मघाती बम आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु हुनाका साथै अन्य कैयौं...
सोमालियामा आत्मघाती बम आक्रमणमा परी कम्तीमा ३ जनाको मृत्यु

मोगादिसु, वैशाख २८ : सोमालियाको राजधानी मोगादिसुको एक प्रमुख चेकपोस्टमा बुधबार भएको आत्मघाती बम आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु हुनाका साथै अन्य कैयौं घाइते भएका छन्।

मोगादिसुका वार्टा नाबादाका जिल्ला आयुक्त जेनाब मोहमुद वार्सामेले घटनाको पुष्टि गर्दै आफू भने आक्रमणमा बाँच्न सफल भएको बताएकी छिन्।  साथै उनले घटनामा मारिएका सैनिकहरू र घाइते भएकाहरूलाई  प्रति समवेदना पठाएकी छन्।

आइतबार राष्ट्रपतिको निर्वाचन हुने स्थान नजिकै रहेको घटनास्थलबाट वारसामेले सिन्ह्वालाई फोनमा सो जानकारी गराएका हुन्।

अल-शबाब आतङ्ककारी समूहले राजधानीमा भएको पछिल्लो आक्रमणको जिम्मेवारी लिएको छ।

प्रकाशित मिति: १७:४७ बजे, बुधबार, वैशाख २८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्