Kathmandu Press

नवाज सरिफलाई भेट्न पाकिस्तानी प्रधानमन्त्री शहबाज लन्डनमा

काठमाडाैं, वैशाख २८ : पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ पाकिस्तान मुस्लिम लिग-एन (पीएमएल-एन) का अध्यक्ष नवाज शरीफलाई भेट्न लन्डन पुगेको  स्थानीय सञ्चारमाध्यमले बुधबार  उल्लेख...
नवाज सरिफलाई भेट्न पाकिस्तानी प्रधानमन्त्री शहबाज लन्डनमा

काठमाडाैं, वैशाख २८ : पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ पाकिस्तान मुस्लिम लिग-एन (पीएमएल-एन) का अध्यक्ष नवाज शरीफलाई भेट्न लन्डन पुगेको  स्थानीय सञ्चारमाध्यमले बुधबार  उल्लेख गरेका छन्।

शहबाजको साथमा संघीय मन्त्रीहरू र पीएमएल-एन नेताहरू सम्मिलित प्रतिनिधिमण्डल रहेको छ। प्रतिनिधिमण्डलमा अहसान इकबाल, मिफ्ताह इस्माइल, अयाज सादिक, मरियम औरंगजेब, साद रफिक र ख्वाजा आसिफ रहेको  साम टिभीले आज जनाएको छ।

Hardik ivf

स्रोतहरू उद्धृत गर्दै डेली टाइम्सले  जनाएअनुसार नवाज शरीफले केही महत्त्वपूर्ण मुद्दाहरूमा पार्टी नेतृत्वसँग परामर्श गर्न आवश्यक छ जसमा पीएमएल-एनले 'ठूलो निर्णय' लिने अपेक्षा गरिएको छ।

लन्डनमा मिडियासँग कुरा गर्दै नवाजले उनी शहबाज शरीफ र उनीसँगै आउने अन्यलाई भेट्न उत्सुक रहेको बताएका छन्। भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका नवाज सन् २०१९ देखि स्वास्थ्य समस्या देखाउँदै लण्डनमा बस्दै आएका छन्।

पाकिस्तानका पूर्व प्रधानमन्त्रीले  स्वास्थ्य परीक्षणको आधारमा लन्डनमा आफ्नो बसाइलाई लम्ब्याउन माग गरेका छन्। नवाजका अनुसार पाकिस्तान तहरीक(ए(इन्साफ ९पीटीआई० को सरकारले पाकिस्तानलाई गहिरो आर्थिक सङ्कटमा छोडेको थियो।

बैठक राति ८ बजे ९पाकिस्तानी समय० मा हुने नवाजका छोरा हसन नवाजको स्टानहोप हाउसस्थित कार्यालयमा हुने बताइएको छ। गत महिना नवाजले पीपीपी अध्यक्ष बिलावल भुट्टो(जरदारीसँग पनि भेट गरेका थिए जो पछि पाकिस्तानको संघीय मन्त्री नियुक्त भएका थिए।

प्रकाशित मिति: १७:३२ बजे, बुधबार, वैशाख २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्