Kathmandu Press

पर्सामा ५ सयमध्ये ७७ मात्र हतियार बुझाइयो

पर्सा, वैशाख २८ : पर्सामा स्थानीय तहको निर्वाचनका लक्षित गरी जिल्ला प्रशासन कार्यालयबाट इजाजत लिइएका सबै हातहतियार बुझाउन प्रशासन कार्यालयको आग्रह गरे पनि...
पर्सामा ५ सयमध्ये ७७ मात्र हतियार बुझाइयो

पर्सा, वैशाख २८ : पर्सामा स्थानीय तहको निर्वाचनका लक्षित गरी जिल्ला प्रशासन कार्यालयबाट इजाजत लिइएका सबै हातहतियार बुझाउन प्रशासन कार्यालयको आग्रह गरे पनि अधिकांशले हातहतियार बुझाएका छैनन्। 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक  एवं सूचना अधिकारी ओमप्रकाश खनालका अनुसार जिल्लामा इजाजत लिएका करिब कूल ५०० हातहतियारमध्ये विभिन्न ठाउँबाट हालसम्म  ७७ वटा हात हतियार मात्रै बुझाइएकोे हो। 

जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार  इजाजत लिइएकामध्ये करिब ५०० को हाराहारीमा हातहतियार नवीकरण हुँदै आएको तथ्याङ्क छ। इजाजत लिएका ती हतियार प्रायः सबै एकनाले र दुईनाले बाह्र बोरका रहेका छन्।

प्रकाशित मिति: १७:२९ बजे, बुधबार, वैशाख २८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्