Kathmandu Press

उपल्लो डोल्पामा एक म्यादी प्रहरीको मृत्यु

उपल्लो डोल्पामा एक म्यादी प्रहरीको मृत्यु

काठमाडौं, वैशाख २८ : उपल्लो डोल्पामा एक म्यादी प्रहरीको मृत्यु भएको छ।

शे फोक्सुण्डो गाउँपालिकाको शे गाउँमा चुनावको सुरक्षामा खटिएका ठुलीभेरी नगरपालिका–७ का २४ वर्षीय सुनिल विकको लेक लागेर  मंगलबार मृत्यु भएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ।

डोल्पाका प्रजिअ वेदनिधि अधिकारीका अनुसार विकको शव हेलिकोप्टर मगाएर सदरमुकाम दुनै ल्याउने तयारी भइरहेको छ।

प्रकाशित मिति: १७:१७ बजे, बुधबार, वैशाख २८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्