Kathmandu Press

पानी नपर्दा मकै रोप्न समस्य

जाजरकोट, वैशाख २८ : आकाशे पानीको भरमा लगाइने मकैबाली पानी नपर्दा जाजरकोट, रुकुम पश्चिम र डोल्पाका किसान समस्यामा परेका छन्।सिँचाइ सुविधा नभएका कारण...
पानी नपर्दा मकै रोप्न समस्य

जाजरकोट, वैशाख २८ : आकाशे पानीको भरमा लगाइने मकैबाली पानी नपर्दा जाजरकोट, रुकुम पश्चिम र डोल्पाका किसान समस्यामा परेका छन्।

सिँचाइ सुविधा नभएका कारण आकाशे पानीकाभरमा मकैखेती गर्दै आएका किसानले वैशाखको अन्तिमसम्म पनि मकै रोप्न नपाएका हुन्।

Hardik ivf

पहाडी भूभागका साथै भिरालो जमिन भएका कारण यहाँ नहरको पानीले सिँचाइ गर्न मुस्किल छ। पाइपमा पानी लगेर सिँचाइ गर्न सकिने भए पनि पाइपको अभावमा सिँचाइ गर्न नसकिएको नलगाड– ८ का शेरबहादुर खत्रीले बताए। 

वैशाखमा मकै रोप्न नसके उत्पादनमा भारी गिरावट आउने गर्दछ। केही हुने खाने स्थानीय बासिन्दाले सिँचाइ गरेर मकै रोपेपनि ७०५ किसानको खेतबारी बाँझिएको खत्रीले बताउनुभयो। त्यस्तै खेतमा धानको ब्याड राख्ने समय सुरु भए पनि पानीकै अभावमा सो काम प्रभावित भएको छ।

स्थानीय तहको चुनाव आउन दुई दिन बाँकी रहेकाले यहाँ पनि निर्वाचनको व्यापक तयारी रहेको छ। तर पानी अभावमा खेतबारी बाँझिएकाले किसान भने चिन्तित भएका छन्। असिनाले गहुँबालीमा क्षति पुर्याएका कारण पीडित भएका किसान यो याममा मकै रोप्ने तयारीमा थिए। वर्षा नभएकाले जमिन बाँझो हँुदा पशुचौपायलाई चरिचरण पनि हुन नसकेको उनीहरुको भनाइ छ।

प्रकाशित मिति: १७:०४ बजे, बुधबार, वैशाख २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्