थप २१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडाैं, वैशाख २८ : नेपालमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको ३ हजार ७० पिसिआर परिक्षणका क्रममा १८ जना र ७...
काठमाडाैं, वैशाख २८ : नेपालमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको ३ हजार ७० पिसिआर परिक्षणका क्रममा १८ जना र ७ सय १८ एन्टीजेन परीक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यस्तै थप १६ जना कोरोना संक्रमित निको भएका छन्।
हाल नेपालमा १ सय ८७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६:३७ बजे, बुधबार, वैशाख २८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












