कलंकीमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
काठमाडौं, वैशाख २८ : काठमाडौँ महानगरपालिका–१४ कलङ्की चोकमा टिप्परको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बा ५ ख...
काठमाडौं, वैशाख २८ : काठमाडौँ महानगरपालिका–१४ कलङ्की चोकमा टिप्परको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बा ५ ख ७३४५ नं को टिप्परले बा ८० प ६३७३ नं कोमोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक धादिङ धुनिबेशी नगरपालिका–२ का ४५ वर्षीय दिवाकर अधिकारीको मृत्यु भएको हो ।
उक्त दुर्घटनापछि टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता ललितपुर महानगरपालिका–२४ घापाखेल बस्ने सिरहाका २६ वर्षीय भीम विकको करेन्ट लागेर मृत्यु भएको छ ।
सोही ठाउँ बस्ने नारायण घिमिरेको निर्माणाधीन ती तले घरको माथिल्लो तलामा काम गर्ने क्रममा मङ्गलबार करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रमा पाटन अस्तपालमा मृत्यु भएको हो ।
प्रकाशित मिति: १६:२३ बजे, बुधबार, वैशाख २८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












