Kathmandu Press

अप्रिलमा चीनको उत्पादन मूल्यवृद्धिमा सामान्य कमी

बेइजिङ, वैशाख २८ : आपूर्ति र मूल्य स्थिरता सुनिश्चित गर्न स्थायी सरकारी प्रयासपछि चीनको उत्पादक मूल्य सूचकांक (पीपीआई) मा कमी आएको चीनको राष्ट्रिय तथ्याङ्क ब्यूरो...
अप्रिलमा चीनको उत्पादन मूल्यवृद्धिमा सामान्य कमी

बेइजिङ, वैशाख २८ : आपूर्ति र मूल्य स्थिरता सुनिश्चित गर्न स्थायी सरकारी प्रयासपछि चीनको उत्पादक मूल्य सूचकांक (पीपीआई) मा कमी आएको चीनको राष्ट्रिय तथ्याङ्क ब्यूरो (एनबिएस) ले बुधबार जनाएको छ। 

ब्यूरोका अनुसार अप्रिलमा पीपीआई सूचकाङ्क अघिल्लो बर्षको सोही महिनाको तुलनामा ८ प्रतिशतले बढेको छ। यो तथ्याङ्क यस वर्षको मार्चमा रेकर्ड गरिएको ८.३ प्रतिशत वृद्धिबाट सामान्य कमी हो।
 
मार्चमा १.१ प्रतिशत वृद्धिको तुलनामा अप्रिलमा चीनको पीपीआई ०।६ प्रतिशतमा पुगेको छ। एनबीएसका वरिष्ठ तथ्याङ्कशास्त्री डोङ लिजुआनका अनुसार उच्च अन्तर्राष्ट्रिय वस्तुको मूल्यमा आएको वृद्धिका बावजुद सबै क्षेत्र र सरकारी विभागहरूले आपूर्ति र मूल्य स्थिरता सुनिश्चित गर्ने नीतिहरूको दृढ कार्यान्वयनका कारण पीपीआईको मासिक तथा बार्षिक वृद्धि दरमा शितलता देखिएको हो। 

Hardik ivf

सर्वेक्षण गरिएका ४० औद्योगिक क्षेत्रहरूमध्ये २२ ले अप्रिलमा मूल्य वृद्धिमा कमी आएको बताएका छन्। यो तथ्याङ्कले मार्चको तुलनामा अप्रिलमा एक अङ्कको सुधार देखाएको छ।

अप्रिलमा कोइला खानी तथा कपडा धुने उद्योगको पीपीआई ५३.४ प्रतिशतले वृद्धि भएको छ। मार्चमा यो क्षेत्रमा ५३.९ प्रतिशतले वृद्धि भएको थियो।

एनबीएसका अनुसार गत वर्षको मूल्य चालको बढ्दो प्रभावले अप्रिलमा वर्षेनी पीपीआई वृद्धिमा लगभग ५.९ प्रतिशत अंकको योगदान गरेको छ।

बुधबारको तथ्याङ्कले मुद्रास्फीतिको मुख्य नाप, चीनको उपभोक्ता मूल्य सूचकांक एक बर्षको अवधिमा अप्रिलमा २.१ प्रतिशतले वृद्धि भएको देखाएको छ। 

प्रकाशित मिति: १४:१५ बजे, बुधबार, वैशाख २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्