Kathmandu Press

भारतमा २४ घण्टामा दुई हजार ८९७ कोरोनाका नयाँ सङ्क्रमित

नयाँ दिल्ली, वैशाख २८ : भारत २४ घण्टाको समयावधी अर्थात मङ्गलबार मधयरातिसम्म दुई हजार  ८९७ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको...
भारतमा २४ घण्टामा दुई हजार ८९७ कोरोनाका नयाँ सङ्क्रमित

नयाँ दिल्ली, वैशाख २८ : भारत २४ घण्टाको समयावधी अर्थात मङ्गलबार मधयरातिसम्म दुई हजार  ८९७ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख दश हजार  ५६ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार बिहान जानकारी दिएको छ। 

विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमणको पुनःकेही दिनयता नयाँ सङ्क्रमितको सङ्ख्या तीन हजार नाघेको थियो।

Hardik ivf

यद्यपि मंगलबार भने केही कमी देखिएको हो।  २४ घण्टाको समयावधि भएका यी नयाँ सङ्क्रमितमध्ये एक हजार ११८ जना राष्ट्रिय राजधानी दिल्लीका रहेका समाचारमा जनाइएको छ। हाल राजधानीमा पाँच हजार ४७१ सक्रिय सङ्क्रमित रहेका पनि थप जानकारी दिइएको छ। 

यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप ५४ को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २४ हजार १५७ पुगेको छ। भारतभरि अझै पनि सक्रिय सङ्क्रमित १९ हजार ४९४ रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ।

भारतमा केही महिनायताबाट सक्रिय सङ्क्रमित घट्ने क्रम जारी रहेको थियो। तर केही हप्तायताबाट सक्रिय सङ्क्रमति बढेको पाइएको छ।

२४ घण्टाको समयावधि अर्थात् शनिबार मध्यरातिसम्म २ हजार ९८६ जना कोरोना निको भएका छन्। यसैसँगै हालसम्म चार करोड २५ लाख ६६ हजार ९३५ सफलतापूर्वक कोरोना सङ्क्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रकाशित मिति: १४:१३ बजे, बुधबार, वैशाख २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्